मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम

मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम

दैलेख भदौ २४ गते ।
जिल्लाको भैरबी गाउँपालिकाका महिला शिक्षक, युवा क्लब र महिला समुहका सदस्यलाई तालिम प्रदान गरिएको छ । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको सहजिकरणमा तालिम प्रदान गरिएको हो ।
भैरबी गाउँपालिकाको समन्वयमा महिला शिक्षक, युवा क्लब र महिला समुहका सदस्यलाई मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले जानकारी दिइन् । दुईदिने तालिममा सहभागिहरुलाई मर्यादित महिनावारीबारे जानकारी गराउनुका साथै सेनेटरी प्याड निर्माण गर्न सिकाईएको सामाजिक परिचालक नेपालीले ज्वाला सन्देशलाई जानकारी दिइन् ।

प्रतिक्रिया