मर्यादित महिनावारीबारे अन्तरक्रिया

मर्यादित महिनावारीबारे अन्तरक्रिया

दैलेख असोज २१ गते ।
जिल्लाको महाबु गाउँपालिका–२ वडाखोलामा मर्यादित महिनावारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मर्यादित महिनावारीका लागि विद्यालयका शिक्षक र स्वास्थ्य कार्यकर्ताहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रम राधा पौडेल फाउन्डेशनको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आयोजना गरेको हो ।

यस्तै मर्यादित महिनावारीका लागि महाबु गाउँपालिका–२ वडाखोलाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुसँग दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राधा पौडेल फाउन्डेशनको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आयोजना गरेको हो । उक्त कार्यक्रममा मर्यादित महिनवारी, महिनावारी बार्दा आइपर्ने असर तथा समस्याहरु, मानव अधिकारबारे छलफल गरिएको थियो । सोहि अबसरमा महिनावारी हुँदा प्रयोग गर्नुपर्ने सामग्रीहरु समेत प्रर्दशन गरिएको बताइएको छ ।

प्रतिक्रिया