नेपालमा कोरोना संक्रमण :१ लाख ९७ हजार संक्रमित, १ लाख ५९ हजार कोरोनामुक्त

नेपालमा कोरोना संक्रमण :१ लाख ९७ हजार संक्रमित, १ लाख ५९ हजार कोरोनामुक्त

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ । याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ३६ हजार १ सय ७४ जना रहेकाे छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख ५१ हजार २ सय ५४ परीक्षण भएका छन् । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४२८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् ।यस्तै कास्कीका १५१ जना, मोरङका १४८, सुनसरीका ९१, रुपन्देहीका ८५, कैलालीका ६६, काभ्रेका ४७, दोलखा र मकवानपुरका ४२/४२ जना, कपिलवस्तुका २९, चितवनका २८, कञ्चनपुरका २५, पाल्पाका २४, तनहुँका १८, स्याङ्जाका १७, डडेलधुराका १५, गोरखा र दैलेखका १३/१३ जना, उदयपुर र धनुषाका १२/१२ जना, सिराहा, नवलपुर, दाङ र दार्चुलाका ११/११ जना तथा पर्सा, डोटी र बाजुराका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी, अछाम र बैतडीका ९/९ जना, नुवाकोट र बाँकेका ८/८ जना, महोत्तरीका ७, सर्लाहीका ६, इलाम, पाँचथर, रौतहट, धादिङ, रामेछाप, सिन्धुली र जुम्लाका ५/५ जना, धनकुटा र गुल्मीका ४/४ जना, ओखलढुंगा, संखुवासभा, बारा, पर्वत र बर्दियाका ३/३ जना, खोटाङ, भोजपुर, लमजुङ, प्युठान र सुर्खेतका २/२ जना तथा तेह्रथुम, रसुवा, म्याग्दी र अर्घाखाँचीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया