विद्यालय सुधार योजना निर्माण गरिने

विद्यालय सुधार योजना निर्माण गरिने

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–८ धरमपोखरामा विद्यालय सुधार योजना (एसआइपी) र संकटाभिमुक्ता क्षमता पहिचान (भिसिए) कार्यशाला पोष्ठि सम्पन्न भएको छ । बिहीवार देखि सुरु भएको गोष्ठि आज (शनिवार) सकिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा–दोस्रो परियोजनाको आयोजनामा गोष्ठि सञ्चालन भएको हो । विद्यालय सुधार योजना निर्माण गर्ने उदेश्यले गोष्ठि आयोजना गरिएको हो ।


गोष्ठिमा गुराँस गाउँपालिका वडा नम्बर ६, ७ र ८ का १६ वटा विद्यालययका प्रधानाध्यापक र सहायक प्रधानाध्यापक सहभागि रहेको सहयात्रा–दोस्रो परियोजनाका शिक्षा संयोजक उपेन्द्र रावलले जानकारी दिए । गोष्ठिको गुराँस गाउँपालिकाका स्रोत शिक्षक थीरेन्द्रकुमार बिसी र परियोजनाका शिक्षा संयोजक उपेन्द्र रावलले सहजिकरण गरेका थिए ।
गोष्ठिमा सहभागि प्रधानाध्यापक र सहायक प्रधानाध्यापकहरुले विद्यालयको सम्पूर्ण प्रक्रिया पुरा गरेर यहि मंसिर मसान्तसम्ममा पाँच बर्षे विद्यालय सुधार योजना (एसआइपी) तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको परियोजनाका फिल्ड अधिकृत कमला मल्लले जानकारी दिइन् । गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीको उपस्थितीमा गोष्ठि समापन भएको हो ।

प्रतिक्रिया