सामाजिक तथा लैङ्गिक समावेशी र लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

सामाजिक तथा लैङ्गिक समावेशी र लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

दैलेख : जिल्लाको गुराँस गाउँपालिका – ७ मा सामाजिक तथा लैङ्गिक समावेशी र लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगर्तको एलजीविटिआई (सोजी) परियोजनाको आयोजना तथा गुराँस गाउँपालिका–७ को समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गुराँस गाउँपालिका – ७ मा वडाध्यक्ष हुकुमबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा लैङ्गिकता, लैङ्गिक हिंसा, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका समस्याबारेमा छलफल भएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भईरहेका बेला अयोजित उक्त अन्तरक्रियामा लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय तह, नागरिक समाज, विद्यालय, शिक्षक, अभिभावक, बाल क्लबका पदाधिकारी र सरोकारवाला निकायहरुको भूमिकाबारे समेत छलफल भएको परियोजना अधिकृत सजना सुनारले जानकारी दिइन् ।
सोहि कार्यक्रमका सहभागिहरुले आगामी दिनहरुमा हुने कार्यक्रम तथा क्रियाकलापहरुमा लैङ्गिक तथा सामाजिक समावेशीतामा जोड दिने प्रतिबद्धता जनाएका छन् । अन्तरक्रियामा बोल्दै गुराँस गाउँपालिका – ७ मा वडाध्यक्ष हुकुमबहादुर खत्रीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय सवाल लैङ्गिक हिंसा विरुद्धको सवालमा वडाले थुप्रै काम गर्न बाँकी रहेको उल्लेख गरे । यी सवालमा सचेतनामुलक तथा अन्य कार्यक्रमहरु सञ्चालन गर्न परियोजनाको निरन्तर साथ र सहयोग रहने अपेक्षा राखेको वडाध्यक्ष खत्रीको भनाई थियो ।

प्रतिक्रिया