भैरवीमा वडास्तरिय अन्तरक्रिया सम्पन्न

भैरवीमा वडास्तरिय अन्तरक्रिया सम्पन्न

दैलेख : जिल्लाको भैरवी गाउँपालिका- २ मा वडास्तरिय अन्तरक्रिया सम्पन्न भएको छ । अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना तथा भैरवी गाउँपालिका र राधा पौडेल फाउण्डेशनको समन्वयमा वडास्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
महिनावारीको कुरा मर्यादा केन्द्रित भएमात्र हुन्छ पुरा भन्ने मुल नारा सहित आयोजित कार्यक्रममा महिला, बालबालिका, धामी पुजारी लगाएत सहभागि थिए । अन्तरक्रियामा वडास्तरमा छाउपडी प्रथाको अवस्थाबारे छलफल गरिएको बताइएको छ । कार्यक्रममा सहभागिहरुले छाउप्रथालाई अन्त्य गर्न के गर्ने ? पहिलाको अवस्था र अहिलेको अवस्थामा के फरक छ ? भन्ने सवालमा समेत छलफल गरेका थिए ।

प्रतिक्रिया