बालबालिकालाई सहयोग

बालबालिकालाई सहयोग

दैलेख : जिल्लाको विभिन्न स्थानीय तहका बालबालिकाहरुलाई सहयोग गरिएको छ । विपन्न तथा जोखिममा परेका बालबालिकाहरुलाई सहयोग गरिएको हो । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन नम्बर १०९८ (दश नौ आठ) मार्फत सहयोग गरिएको हो । जिल्लाको नारायण नगरपालिका, नौमूले गाउँपालिका, दुल्लु नगरपालिकाका गरी ९ जना बालबालिकाहरुलाई सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बालबालिकालाई शैक्षिक सामग्रीहरु झोला, कापी, डटपेन, ज्यामती बक्स, सिसाकलम तथा विद्यालय पोषाकको रुपमा सुईटर सर्ट पाइन्ट, जुत्ता, मोजा सहयोग गरिएको हो । बालबालिकाको पढाईमा निरन्तरता दिनका लागि सहयोग उपलब्ध गराईएको बताईएको छ ।

प्रतिक्रिया