दैलेख अस्पतालमा ओपिडि सेवा बन्द

दैलेख अस्पतालमा ओपिडि सेवा बन्द

दैलेख: स्वास्थ्य सेवा कार्यालय दैलेख/दैलेख जिल्ला अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि ओपिडि सेवा शुक्रवारबाट बन्द हुने भएको हो । बिहीवार एक विज्ञप्ती जारी गर्दै हाललाई अस्पतालको ओपिडि सेवा मात्रै बन्द गरिएको जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार ओपिडि सेवा अर्को सूचना जारी नहुँदासम्म बन्द रहनेछ । अन्य सेवाहरु भने नियमित रुपमा सञ्चालन हुने रेग्मीले बताए । अस्पतालले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा धैर्यताका साथै सरकारबाट लागु भएका जनस्वास्थ्य सम्बन्धि मापदण्डहरुको पूर्ण पालना गर्न जिल्लाबासीलाई अपिल गरेको छ ।

प्रतिक्रिया