नेल्टा क्लबको गठन

नेल्टा क्लबको गठन

नेपाल अँग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले  घोषणा गरेको नेल्टा इन स्कुल अभियान अन्तर्गत  यज्ञपिस होम्स एकेडेमीमा  नेल्टा क्लबको गठन भएको  छ | यज्ञपिस नेल्टा क्लब गठन तथा  स्कुलमा  अँग्रेजी मैत्री वातावरण सिर्जना सम्बन्धि  कार्यक्रमको उद्घाटन गर्दै नेल्टा सुर्खेतका  अध्यक्ष  बिष्णु कुमार खड्काले शैक्षिकसत्रको  सुरुवातमै  थालनी गरिएको नेल्टा इन स्कुल क्याम्पियन अन्तर्गतको प्रारम्भिक  चरणमा जेष्ठ महिनाभरिमा सुर्खेत जिल्लाका सम्पूर्ण   सरकारी  तथा निजि विद्यालयहरूमा विद्यार्थीहरूको  सक्रियतामा नेल्टा क्लब गठन गरिने र  नेल्टाको  तर्फबाट एकजना फोकल पर्सन  तोकिने गरी  कायर्क्रम  अगाडी बढ्ने  जानकारी दिए | उक्त  कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले अँग्रेजी मध्यममा पठनपाठन हुने निजि बिद्यालयहरूलाई  साँचो  अर्थमा अँग्रेजी माध्यममा पठनपाठन गर्न  र  अँग्रेजी शिक्षक बाहेकका अन्य विषयका शिक्षकहरूलाई  पनि अँग्रेजी मध्यममा पठनपाठन गर्न गराउन उनीहरूलाई  अँग्रेजी माध्यममा पठनपाठन गर्नका लागि आवश्यक सामान्य कक्षाकोठामा प्रयोग हुने  र  दैनिक बोलचालको अँग्रेजी भाषा प्रशिक्षणमा सहजीकरण गर्न नेल्टा सुर्खेत तयार रहेको भन्दै अँग्रेजी भाषा शिक्षण र अँग्रेजी मध्यमको शिक्षण गुणस्तर उन्नयनमा नेल्टा सहकार्य गर्न तयार भएको बताए | त्यसैगरी निर्देशक गणेश बहादुर खड्काले विद्यालयमा अँग्रेजीमैत्री वातावरण सिर्जना गर्न आवश्यक  रहेकोले यसको लागि सहजीकरण गरिदिन  नेल्टा सुर्खेतलाई अनुरोध गरे | त्यसै गरी प्रधानाध्यापक मोहन पौडेलले नेल्टा सुर्खेतले  थालनी गरेको यो नेल्टा इन स्कुल अभियानलाई सम्पूर्ण रुपमा सफल बनाउन र स्कुलमा अँग्रेजीमैत्री वातावरण  सिर्जना गर्ने अभियानको  थालनी गरेकोमा  स्वागत गर्दै सम्पूर्ण  रुपमा  संगै सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त व्यक्त गरे | नेल्टा क्लब यज्ञपिस होम्स  एकेडेमीको  अध्यक्षमा मिरा शाही, उपाध्यक्षमा गौरी अधिकारी र आशिस खड्का , सचिवमा ललिता सारू मगर, सहसचिवमा प्रमिशा गैरे र राजन गैरे, कोषाध्यक्षमा करिश्मा शाही र सदस्यहरूमा पवित्रा रावल, धर्मेन्द्र सिंह, कोपिला सुनार, बिन्दु नेपाली, योगेश रिजाल र शंकर नेपाली  रहेको एघार सदस्यीय समिति र मोहन पौडेल, गणेश खड्का, पदम केसी, र महेन्द्रनाथ योगी रहेको सल्लहाकार समिति  गठन गरिएको यज्ञपिस नेल्टा फोकल पर्सन रमेश खड्काले  जानकारी दिए |

प्रतिक्रिया