कबिता: मेरो सपना

स्वतन्त्रतासँगै सबलाई खाँचो स्वाभिमानको
पारालिङ्गी समलिङ्गी लैङ्गिक पहिचान हो ।
अचम्ममा नपर्नु है छोराले टिका चुरा लाए
यौन अभिमुखिकरण उसको भन्ने थाहा पाए ।
अस्तित्वलाई जोगाउन हम्मे हम्मे पर्ने
कस्तो लिला पहिचानलाई आफै लड्नुपर्ने ।
हिजडा र छक्का भन्दै गर्नु हुन्न घृणा
मनको दुःख मनमै राखी लुकाएछन् पीडा ।
नबनोस् है त्यस्तो नियम पहिचान नै लुकाउनुपर्ने
साथ दिउँ, सम्मान गरौँ किन घृणा गर्ने ?
फरक उनको स्वभाव हुन्छ, फरक पहिचान
स्वतन्त्र भई बाँच्न दिउँ गरौँ सम्मान ।
समाजबाट घृणा नहोस् न त घरको हेलाँ
साथ दिउँ, सहयोग गरौँ हामले सबै बेला ।
लिङ्गभेद अन्त्य गर्ने मेरो परिकल्पना
सबलाई सम्मान आदर, समान व्यवहार मेरो सपना ।
सबलाई सम्मान आदर, समान व्यवहार मेरो परिकल्पना ।।
–हिमाल विक (गुराँस गाउँपालिका दैलेख)
प्रतिक्रिया