८ बर्षीय बालक उपचारबाट बञ्चित

८ बर्षीय बालक उपचारबाट बञ्चित


स्वास्थ्य समस्याले थलिएका छोरा नारायण सुनारलाई लिएर ज्वाला सन्देश अनलाइनमा आइपुग्नुभएकी गंगा विक ।

दैलेख : नारायण नगरपालिका–२ कुसाडा गाउँका ८ बर्षीय बालक नारायण सुनार । जो स्वास्थ्य समस्याका कारण तीन बर्षदेखि थलिएका छन् । उनि हात खुट्टा सुन्निने, दुख्ने समस्याबाट ग्रसित छन् । उनि उभिन समेत सक्दैनन् । हात चल्दैन् । उनलाई तीन बर्षअघि निमोनियाले च्यापेको थियो । आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुँदा उनको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएको छ ।
नारायणकी आमा २९ बर्षीया गंगा विकले अहिले छोराको उपचार खर्च जुटाइदिन हार गुहार गरिरहेकी छिन् । उनि वडा कार्यालय, गैससका कार्यालय धाउन थालेकी छिन् । ‘सुरुमा दैलेख अस्पतालमा छोराको जाँच गराएको थिएँ, यहाँ उपचार गराउँदा निको नभएपछि ऋण सापट गरेर सुर्खेत पु¥याएँ,’ गंगाले भनिन् ।
सुर्खेतमा उपचार गराउँदा पनि निको नभएपछि नेपालगंज हुँदै काठमाडौंमा लिएर उपचार गरेको गंगाले बताइन् । छोराको स्वास्थ्य समस्या झनै बल्झिन थालेपछि गंगाले नारायणको उपचारका लागि भारतको अम्दबाज पुगिन् । ‘आफ्नो नाममा भएको सबै सम्पती समेत बेचेर धेरै अस्पतालमा पु¥याएर उपचार गरेँ तर निको भएको छैन्, डाक्टरहरुले बाथ रोग हो भने भन्नुभएको छ,’ गंगाले भनिन् ‘अब एउटा घर मात्रै बचेको छ, आम्दानीको स्रोत केहि छैन्, छोराको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको छ ।’
छोरालाई औषधी किन्ने पैसा समेत नभएको गंगाले बताइन् । नारायण ३ बर्षको हुँदा बुवा टेकबहादुर सुनारको मृत्यु भएको थियो । उनि रोजगारीका लागि भारत गएका थिए । ‘घरमा ७० बर्षीया बुढो ससुरा हुनुहुन्छ, कमाउने कोही छैन्,’ जंगाले भनिन् ‘माइतीको सहयोगमा बिहान साँझको छाक टारिरहेको छौ ।’ गंगाले छोरोको उपचारका लागि सहयोग गरिदिन आग्रह समेत गरेकी छिन् ।

प्रतिक्रिया