पिलाडी साक्षर, आधारभुत शिक्षा, शान्ति क्षेत्र घोषणा

पिलाडी साक्षर, आधारभुत शिक्षा, शान्ति क्षेत्र घोषणा

पिलाडी गाविसलाई साक्षर, अनिवार्य आधारभुत शिक्षा प्रदायक गाविस र विद्यालय शान्ति क्षेत्र गाविस एक समाहरोह विच घोषणा गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद भट्राईको प्रमुख अतिथ्यमा उक्त गाविसलाई साक्षर, अनिवार्य आधारभुत शिक्षा प्रदायक गाविस, विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको हो । Piladi Piladi newsगाविसलाई साक्षर, अनिवार्य आधारभुत शिक्षा प्रदायक गाविस तथा विद्यालय शान्ति क्षेत्र घोषणा सभामा गाविसभरमा विद्यार्थी तथा अभिभावकहरुको सहभागीता रहेको थियो । असारको ब्यस्त काम छाडेर यहाँका स्थानीयहरु सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरुले स्वागत गरेका थिए । कार्यक्रमका विशेष अतिथी शमशेरबहादुर शाहीले बालबालिकाको भविष्य कोर्ने विद्यालय शान्ति क्षेत्र घोषणा हुनु निकै महत्वपूर्ण उपलब्धि भएको बताए । विद्यालयभित्र शिक्षण सिकाइभन्दा अन्य यस्ता प्रकारका गतिविधि हुन नहुने नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार विसीले धारणा राखे । कार्यक्रममा बोल्दै विद्यालयलाई शान्ति क्षेत्र घोषणा मात्र नगरी व्यवहारमै लागू गर्नुपर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । ‘विद्यार्थी राष्ट्रका भविष्य हुन्’ उनले भने, ‘उनीहरूलाई कुन ठीक र कुन बेठीक भन्नेबारे छुट्ट्याउन सक्ने बनाउनु जरुरी छ ।’ कार्यक्रमममा piladi 2विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाक्षेत्रका सरोकारवाला उपस्थित थिए । लामो संघर्षपछि गाविसलाई शिक्षाको उज्यालोतिर लैजान सफल भएको गाविस सचिव कर्ण थापाले बताए । सरकारले २०६८ साल जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणा गरेको थियो भने घोषणाको कार्यान्वयनका लागि ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्दे्शिका, २०६८’ जारी गरेको थियो । सरकारले यसअघि जारी गरेको बालमैत्री शिक्षणको राष्ट्रिय कार्यढाँचा विद्यालय शान्ति क्षेत्रको निर्दे्शिकालाई एकाकार गरी कार्यान्वयनका लागि सरोकारवालाको छलफलमा कार्ययोजनाको मस्यौदा तयार गरिएको हो ।

प्रतिक्रिया