दैलेखमा पनि अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइयो

दैलेखमा पनि अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइयो

दैलेख : दैलेखमा पनि तेस्रो अन्तर्राष्ट्रिय मर्यादित महीनावारी दिवस मनाईएको छ । ‘मर्यादित रजोनिवृतिः हाम्रो अधिकार’ भन्ने नाराका दिवस मनार्ईएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको अगुवाईमा दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा मर्यादित महिनावारी सम्बन्धीको पर्चा पम्पेलेट प्रर्दशन गरिएको थियो ।

विगत तीन वर्षदेखि डिसेम्बर ८ लाई विश्वभर मर्यादिन महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो ।

दिवसका अबसरमा महिनावारीलाई लिएर कुनै पनि प्रकारको भेदभाव, दुव्र्यवहार नगरी महिलाहरुलाई मर्यादापूर्वक जिउने वातावरण सिर्जना गर्नु सबैको जिम्मेवारी रहेकोमा जोड दिईएको थियो ।

प्रतिक्रिया