श्रावण ३, २०७३- चिकित्सा शिक्षाको सुधार र अख्तियार प्रमुख लोकमानसिं कार्कीलाई महाअभियोग लगाउन माग गर्दै ९ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई भेट्न संसदीय टोली शिक्षण अस्पताल पुगेको छ । संसदको ४४ सदस्यीय सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा जम्मा १० जना मात्र अनशनस्थल पुगेका थिए । समितिका एमाले साँसदहरु भने गएनन् ।
डा. केसीको अनसन स्थलमा संसदीय टोली, एमाले सांसदहरु गएनन्
केसीलाई भेटेपछि समितिका सभापति श्रेष्ठले उनको माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन दिने प्रतिक्रिया दिएका छन् । ‘डा. केसीको माग तत्काल पूरा गर्न हामी सरकारलाई निर्देशन दिन्छौं’, उनले भने,‘यो बिषय संसदमा पनि छलफल गर्नेछौं ।’
समितिमा ४४ जना सांसद सदस्य छन् । टोलीले डा. केसीको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा संलग्न चिकित्सकहरुलाई सोधपुछ गरेको छ ।
टोलीमा कांग्रेसका ४,माओवादी केन्द्रका २, मधेसी फोरमका १ सांसदसहित संसद सचिवालयका २ कर्मचारी छन् ।
टोलीमा कांग्रेसका सांसद कौसर साह, खड्गबहादुर बसियाल, प्यारे लाल राना र मोख्तार अहमद छन् । साथै, माओवादीका कमला दोङ र दलजित श्रीपाली र फोरम नेपालका सांसद उषा यादव छिन् ।
संसदीय टोली अनशनस्थल पुग्दा शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले ‘९ दिन भइसक्यो संसद किन मौन ?’ भन्दै नाराबाजी गरेका थिए ।
साभार ः इकान्तीपुर
प्रतिक्रिया