बाल विवाह गर्ने दुई जना पक्राउ

बाल विवाह गर्ने दुई जना पक्राउ

दैलेख : जिल्लामा बाल विवाह सम्बन्धी कसुरमा दुई जना पक्राउ परेका छन् । प्रहरीले बाल विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहका अनुसार दुल्लु नगरपालिका वडा नं. ४ बस्ने दिनेश थापा र एक बालिका पक्राउ परेका हुन् ।

थापाले ती बालिकालाई माघ ८ गते ललाई फकाई प्रलोभनमा वारी बाल विवाह गरि घरमा ल्याई राखेको भन्ने जाहेरी परेकाले थप अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिईएको डीएसपी साहले बताए । पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया