खानेपानी पाइपलाइनमा काम गर्ने क्रममा लडेर मृत्यु

खानेपानी पाइपलाइनमा काम गर्ने क्रममा लडेर मृत्यु

दैलेख : दैलेखको महाबु गाउँपालिका–६ मा खानेपानीको पाइपलाइनमा काम गर्ने क्रममा एक जनाको लडेर मृत्यु भएको छ । भीरालो ठाउँमा खनिएको पाइपलाइनमा पाइप बिच्छ्याउने क्रममा लडेर स्थानीय ६३ बर्षीय सुर्यबहादुर शाहीको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

प्रहरी निरीक्षक सुनारका अनुसार पाइप बिच्छ्याउने क्रममा लडेर घाइते भएका शाहीलाई उपचारका लागि दैलेख सदरमुकामस्थित दैले अस्पतालमा ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । त्यहाँ चिप्लेटी ओल्लो उत्तिसैनी खानेपानी तथा सरसफाई योजना सञ्चालित छ ।

प्रतिक्रिया