सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहद्वारा आगजनी

सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहद्वारा आगजनी

सुर्खेत : सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ । वीरेन्द्रनगरको जुम्ला राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन् । जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । २ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको कर्णाली प्रदेश प्रहरीले कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ ।

प्रतिक्रिया