खोलाको पानी खाने दिन गए ।।
हीम सिजापति
भाद्र ३ दैलेख – दैलेख सदरमुकाम देखी पश्चिममा पर्ने सिहाँसैन गाविसका वडा नं. १, २ र ४ का बासिन्दा अब खोलाको दुषित पानी खाने दिन गए भन्दै खुसी भएका छन् । पिउने पानीका साथै नुहाउने, लुगा धुने, पानीका लागी करिब घण्टाको बाटो हिडेर टाढा खोला, कुवा र मुलको पानील्याई खाने तथा गाई, भैसी लाई खुवाउने समस्या समाधान हुनुका साथै शुद्ध पानी पिउन पाउने भए पछि स्थानीयहरु खुसी भएका हुन् । सिहाँसैनको वडा नं. १, २ र ३ मा २०७१ साल कार्तिक देखि जिविस अन्तरगत ग्रमीण जलस्रोत व्यावस्थापन परियोजनाको अर्थिक सहयोग तथा सामाजिक सेवा केल्द्र सोसेकको सहजिकरणमा ९७ घर धुरीलाई समेटेर कालेखोला खानेपानी तथा सरसफाइ योजना सञ्चालन गरेपछि खानेपानी समस्या समाधान भएको हो । उपभोक्ताको श्रमदान र योजनाको रकमबाट ति वडाहरुको प्रत्येक घर तथा समुदायलाई पाएक पर्ने स्थानमा ३९ ओटा धारासमेत निर्माण गरिएको छ । खानेपानी आफ्नै घर आगनमा आएपछि समयको बचत हुनका साथै यस क्षेत्रका स्थानीयहरुले आफ्नो घर आगन, समुदाय सफासुग्घर राख्नुका साथै प्रत्येक घरमा भाडाँ सुकाउने चाङ, जुठान र फोहोर फाल्ने खाल्डो निर्माण गरेका छन् ।
प्रतिक्रिया