भोट हाल्न गाउँ फर्कदै सल्यानका परदेशी

सुर्खेत : यतिबेला वैशाख ३० गते हुने स्थानीय तहको सबैलाइ रन्को लागेको छ । विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन् ।लाहुर बाट र परदेशकाट नेता जिताउन सल्यानका नागरिक गाउँतिर फर्कन थालेका छन् । संघीयता कार्यान्वयनसँगै दोस्रो पटक ३० गते स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु गाउँ फर्कन थालेका हुन।
रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगेका सल्यानी स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर फर्कन थालेका छन् । गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले आफ्ना माग जतिबेला पनि राख्न सकिने हुँदा मतदान गर्न घर फर्किएको भारतबाट फर्किएका नारायण वलीले बताए । गाउँ घरको विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने आफूहरुको योजना छ,’उनले भने, ‘गाउँको विकास गर्ने र सबैलाई मिलाएर लैजान सक्नेलाई भोट दिने हो ।’
बागचौर नगरपालिका १२ का १ सय २५ भन्दा बढी मतदान गर्न पहिलो चरणमा आएको प्रेम केसीले बताए । चुनावमा भाग लिन दुई हप्ताको बिदा मिलाएर घर फर्कि रहेको उनको भनाई छ । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले योग्य र गाउँघरको विकास गर्न सक्नेलाई जिताउन बिदा लिएर घर फर्किएका छौं,’उनले भने, ‘त्यसैले अहिले राम्रोलाइ जिताएपछि आफूहरुले मजदुरीकै भरमा गुजारा गरेपनि छोरा नातीका दिनहरुमा सुख पाइने विश्वास छ ।’
आफ्नो मताधिकारको प्रयोग गर्न होस या आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउन होस मतदाताहरु गाउँ फर्किन थालेका छन् । निर्वाचन आउनचार दिन बाँकी रहँदा अहिले नै गाउँ जान सहज हुने भन्दै सर्व साधारण जनताहरु गाउँ फर्किएको उनीहरु बताउँछन् ।
प्रतिक्रिया