सुदुरपश्चिममा उत्कृष्ट देउडा गायकको अवार्ड पाएका कलाकार विक ६ वर्ष पछि “ झल्का झलीमली ” का साथ स्रोता माझ फर्किए ।।

सुदुरपश्चिममा उत्कृष्ट देउडा गायकको अवार्ड पाएका कलाकार विक ६ वर्ष पछि “ झल्का झलीमली ” का साथ स्रोता माझ फर्किए ।।

कमल रावल,
भदौ १ अछाम –२०६५ सालमा सुदुरपश्चिममा सबै देउडा कलाकारलाई पछि पार्दै उत्कृष्ट देउडा गायकको अवार्ड बाट सम्मानित भएका कलाकार महेन्द्र विक ६ वर्ष पछि कलाकारितामा फर्केका छन । २०६७ सालमा आफनो पाचौँ एल्बमको रुपमा गैलो मायाजाला बजार ल्याएपछि त्यसपछि स्टेज कार्यक्रममा व्यस्त भएपनि स्रोता दर्शकका लागि ६ वर्ष पछि मात्र “ झल्का झलीमली ” का साथ बजारमा आएका हुन । mahendraमंगलसेन नगरपालीका वडा नम्बर ८ साविकको ओलिगाउ गाबिस वडा नम्बर ५ ओलिगाउ घर भएका विकले २०५८ सालमा गाउकै सरकारी विद्यालय मंगला नेरा उच्च मावि ओलिगाउबाट एसएलसि प्रवेशिका परिक्षामा उत्तिर्ण भए संगै उच्च शिक्षाका लागि धनगढी पुगेका थिए । धनगढी बसाईको क्रममा २०५९ साल दशैमा अछाम विन्देवासिनीका गोपि सिह नेपाली र आफनो सयुक्त प्रस्तुतीको रुपमा माया प्रीती र प्रदेशि दाजु भाईको पिडा समेटिएको पहिलो देउडा कोसेली “ अैल मैना काछई ” एल्बस बाट आफना यात्रा सुरु गरेका थिए । २०६० सालमा आफै एकल प्रयासमा दोस्रो एल्बमका रुपमा “ रुदैछु निष्ठुरी मैना ” आम स्रोता तथा दर्शकका लागि ल्याएका थिए । पहिलो र दोस्रो प्रस्तुती मा गायिका राधिका हमालको उहाँलाई निकै साथ र सहयोग रहेको थियो । त्यसपछि बैवाहिक सम्बन्धमा जोडिए संगै गायक विकले २०६२ सालको पौष २९ गते तेस्रो कोसेलीको रुपमा “ वैरि रैछई मायाजाल ” बजारमा ल्याएका थिए । जुन एल्बममा रहेको गितले नै उहाँलाइ सुदुरपश्चिम अवार्ड जिताउन सफल भएको थियो । २०६५ सालमा देउडा गायकको सम्मानका लागि सुदुरपश्चिममा खप्तड एफएमले कलाकारको सम्मानका लागि यो अभियान थालेको थियो । जाँहा उहाँको जिवन साथी ममता विक, गायिका र गायका उहाँ प्रतिस्पधामा थिए । शब्द लेखन र गायक गरि २ विधामा प्रतिस्पर्धामा गएका विकले अन्तमा एक विधा गायक विद्यालाई मात्र अघि बढाउदै प्रतिस्पर्धामा बढे ।

सुदुरपश्चिमका चर्चित गायक भुवन दाहाल, प्रकाश थापा, राजराम भाट र चन्द्र कठायत लगाएतका कलाकारलाई पछि पार्दै २० हजार भन्दा बढी भोट पाएर विक सुदुरपश्चिम अवार्ड जित्न सफल भएका थिए । “ दिन म बाडुली लाउला, राति दियई सैना ” गितले अवार्ड पाएपछि २०६५ साल कात्तिक ३१ गते धनगढीको ओम पलेसमा भएको सार्वजनिक कार्यक्रममा उहाँ उत्कृष्ट भएको घोषणा गरिएको थियो । विडम्बना गायक विकले उत्कृष्ट अवार्ड हात पार्न सफल भएपनि कार्य वेस्तता र जागिरका कारण आफनो हातले सम्मान ग्रहण गर्नु पाउनु भएको थिएन । त्यस्तै सोही गित मार्फत उहाँको जिवन साथि ममता विक समेत ५ जनालाई पछि पार्दै उत्कृष्ट गायिका घोषित हुनु भएको थियो । त्यसपछि गायक विकले चौथो कोसेली २०६४ सालमा “ का छुटी गई मायाजाल ” पाचौँ एल्बम २०६७ सालमा “ गैलो मायाजाल ” बजारमा ल्याई सकेका थिए । त्यसपछि उहाँले केहि समय आफनो गायन यात्रालाई रोकेका थिए । करिब ६ वर्ष सम्म स्रोता दर्शक माझ टाँढा जानु भयो गायन क्षेत्रलाई किन रोक्नु भयो भन्ने मेरो जिज्ञासामा गायक विकले आफु पनि जागिरे, त्यसपछि सामाजिक र राजनितिक क्षेत्रमा ब्यस्त हुनुका साथै पछिल्लो समय विग्रदो बजारले यात्रा रोकिएको र अब नियमित वर्षमा एक पटक नयाँ नयाँ प्रस्तुतीका साथ आउने बताएका छन । २०६९ सालमा एक महिना मुम्बईमा खल्ला कार्यक्रममा समेत गायक विक व्यस्त रहेका थिए ।

मुम्बईका व्यस्त शहर हरुमा स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठ, नायिक श्वेता खडका, लोक दोहारी गायक यम क्षेत्रि, लोक क्षेत्रका उत्कृष्ट व्यक्तित्व प्रलाद सुवेदि, दोहोरी गायक सरिता कार्की, पुष्पा बोहराका साथमा पहिलो चरणका भब्य कार्यक्रम सफल पारेका थिए भने दोस्रो चरणमा नायक विराज भट्ट, ह्यापि अर्याल, खलनायक पुष्कर भट्टका साथ विकले लोक दोहोरी तथा देउडा गित मार्फत साँगितिक तिर्सना मेटाएका थिए । ६ वर्ष पछि उहाँले २०७३ साल साउनको पहिलो साता मात्रै आफनो छैटौँ कोसेलीको रुपमा ५ वटा गित समेटिएको झल्का झलीमली एल्बम बजारमा ल्याएका छन । तारन्या तागुली है, साईका गाउको चाला, ठाडी भाका खोली गोगनको, गडा गहकीली र माया लाग्यो अति ५ वटा गित रहेको एल्बम लय शब्द संकलन स्वयम गायक विककै रहेको छ भने उहाँको स्वरमा उहाँको जिवन साथि ममता विक र गायिका हरिना साउदले साथ दिनु भएको छ ।

आगामि दिनमा यो एल्बमका गितलाई समेटेर धनगढी र अछामका प्रसिद्ध क्षेत्रमा छायाकन समेत गर्ने उहाँले जानकारी दिनु भयो । १३ वर्ष कलाकारिता क्षेत्रमा लागेको विकले धनगढी र महेन्द्रनगरको रेकर्डिग स्टुडियो मात्र प्रयोग गरेको र अबको २ महिनामा काठमाण्डौको स्टुडियो मै गएर नयाँ गित बजारमा ल्याउने बताएका थिए । अन्तमा उहाँलाई तपाईले जहिले पनि माया प्रितीका गित मात्र गाउनु हुन्छ भने र सोध्दा संसार नै मायामा अडकिएको र आफु नि क्याम्पस जिवनमा कसैको मायामा रमेकाले मयााकै गित लेख्न बढी मन लाग्ने र जिवन्त सम्म रहि रहने भएकाले पनि माया प्रिती तिर नै बढी आफु लम्कीएको प्रतिक्रिया दिनु भएको छ । आफु ढिलै एल्बमका साथ बजारमा अएपनि यतिबेला सबै स्रोता पाठकले आफनो गित निकै मन पराएका उहाँको भनाई छ ।

प्रतिक्रिया