गुराँस गाउँपालिकामा एमालेका उम्मेदवारको अग्रता

गुराँस गाउँपालिकामा एमालेका उम्मेदवारको अग्रता

दैलेख : दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएाक छन् । एमालेबाट अध्यक्षका उम्मेदवार टोपबहादुर विसी र उपाध्यक्षका उम्मेदवार शिवाकुमारी खड्काले अग्रता लिएका हुन् ।

गाउँपालिकाको वाड नं. ४ सम्मको मतपरिणाम अनुसार बिसीले २२०४ मत पाएका छन् । उनी नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार खेमराज ओली भन्दा २१६ मत अन्तरले अगाडि छन् । गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका ओलीले १९८८ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी शिवा कुमारी खड्का काँग्रेसकी दिपा बिसी भन्दा ४२६ मतले अगाडी छन् । एमालेकी खड्काले २२२५ मत पाउँदा निवर्तमान उपाध्यक्ष समेत रहेकी काँग्रेसकी उम्मेदवार बिसीले १७९९ मत प्राप्त गरेकी छन् । यो गाउँपालिकाका ८ वटा वडामध्ये ४ वटा वडाको मत गणना सकिएको । प्राप्त मत परिणाम अनुसार एमाले र काँग्रेसले २/२ वडामा जीत हासिल गरेका छन् ।

प्रतिक्रिया