तीन नेतालाई कारबाही गर्न एमाले डुङ्गेश्वर गाउँपालिका–२ वडाकमिटिले ग¥यो सिफारिस

तीन नेतालाई कारबाही गर्न एमाले डुङ्गेश्वर गाउँपालिका–२ वडाकमिटिले ग¥यो सिफारिस

दैलेख : नेकपा एमाले डुङ्गेश्वर गाउँपालिका वडा नं. २ को वडा कमिटिले तीन नेतालाई साधारण सदस्यता समेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ । शुक्रवार वडा कमिटि अध्यक्ष टंकबहादुुर विस्टको अध्यक्षता तथा एमाले जिल्ला कमिटि सदस्य राजुकुमार खत्री, गाउँपालिका कमिटि अध्यक्ष मानबहादुर विस्टको उपस्थितीमा बसेको बैठकले तीन जना नेताहरुलाई कारबाहीको सिफारिस गरेको हो ।

बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका नेता कार्यकर्ताहरुले पार्टीको नीति र विधान विपरित सिंगो पार्टीलाई चोट पु¥याउने खालका गतिविधिमा संलग्न भएको भन्दै एमाले पूर्व जिल्ला कमिटि सदस्य रुद्धबहादुर विस्ट, पूर्व वडा कमिटि अध्यक्ष मानबहादुर बुढा र चन्द्रबहादुर विस्टलाई कारबाहीको लागि सिफारिस गरेको वडा कमिटि अध्यक्ष टंकबहादुर विस्टले बताए । विस्टले उनिहरुलाई साधारण सदस्यता समेत नरहने गरी कारबाहीको सिफारिस एमाले जिल्ला कमिटि दैलेखमा निर्णय सहित सिफारिस गरिएको बताए ।

 

प्रतिक्रिया