छायाँनाथ रारा नगरपालिकाद्धारा आइतबार विद्यालय बन्द नगर्ने निर्णय

छायाँनाथ रारा नगरपालिकाद्धारा आइतबार विद्यालय बन्द नगर्ने निर्णय

मुगु :  मुगुको छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगराउने निर्णय गरेको छ । नेपाल सरकारले जेठ १ गतेदेखि सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे पनि यहाँको छायाँनाथ नगरपालिकाले भने पहिले झैं आइतबार पनि सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

सातामा दुई दिन विदा गर्दा शिक्षा क्षेत्रमा असर पर्ने भन्दै शनिबार बाहेकका दिन विद्यालय खोल्ने निर्णय गरिएको जनप्रतिनिधिहरूले बताएका छन् ।

कोरोना महामारीका कारण तीन वर्षसम्म पढाइ प्रभावित हुँदा विधार्थी मारमा परेकोले फेरि सातामा दुई दिन विदा गर्दा शैक्षिकस्तर खस्किने भएकोले आइतबारको विदा कटौती गरिएको बताइएको छ ।

नेपाल सरकारले निर्धारित समयमै पाठयपुस्तक जिल्लामा नपुर्याउँदा १७ हजार विद्यार्थीको पढाइ प्रभावित भएको यहाँका शिक्षक र अभिभावकले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया