जीवनयापनमा समस्यामा झेलिरहेका बालकलाई सहयोग

जीवनयापनमा समस्यामा झेलिरहेका बालकलाई सहयोग

दैलेख : आमाको निधनपछि खाद्यान्न लगाएत जीवनयापनमा समस्या झेलिरहेका दुई बालकलाई सहयोग उपलब्ध गराईएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले खाद्यान्न लगाएतका सामग्री सहयोग उपलब्ध गराएको हो ।

जिल्लाको आठबीस नगरपालिका–५ का ९ वर्षीय तपेन्द्र जैसी र उनका भाई ७ वर्षीय रमित जैसीका लागि सहयोग उपलब्ध गराईएको हो । आमाको निधनपछि उनिहरुलाई जीवनयापनमा समस्या भईरहेको छ । दुई बालक अहिले बुबासँग बस्दै आएका छन् । बालबालिका र परिवारका लागि दुई बोरा चामल, ५ प्याकेट तेल, ५ केजी दाल र दुई प्याकेट नुन सहयोग उपलब्ध गराईएको हो ।

प्रतिक्रिया