नेकपाका केन्द्रीय महासचिव नेत्र विक्रम चन्द विप्लव सुर्खेतमा

नेकपाका केन्द्रीय महासचिव नेत्र विक्रम चन्द विप्लव सुर्खेतमा

सुर्खेत : नेकपाका केन्द्रीय महासचिव नेत्र विक्रम चन्द (विप्लव) सुर्खेत आएका छन् ।

नेकपा पार्टीको कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने १ दिने वैचारिक प्रशिक्षण कार्यक्रमका लागि विप्लव शुक्रवार सुर्खेत आएका हुन् ।

पार्टीको केन्द्रीय समितिको आयोजनामा भेरी ब्युरो स्तरीय केन्द्रीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमका लागि पार्टीका महासचिव विप्लव सुर्खेत पुगेका हुन् ।

प्रशिक्षण कार्यक्रममा सुर्खेत ,दैलेख र जाजरकोट लगायतका अन्य जिल्लाका पार्टी सदस्य र जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरू सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–१० स्थित होटेल अशोकको सभा हलमा हुने बताइएको छ ।

प्रतिक्रिया