ठाटीकाँधका सामुदायिक विद्यालयलाई पिफर्म र कार्पेट वितरण

ठाटीकाँधका सामुदायिक विद्यालयलाई पिफर्म र कार्पेट वितरण

सुर्खेत : सामाजिक सेवा केन्द्र सोसेक नेपालद्धारा संचालित सहकार्य परियोजनामाफर्मत ठाटीकाँध गाउँपालिकाका सामुदायिक विद्यालयलाई पिफर्म र कार्पेट वितरण गरेको छ ।

विद्यार्थीहरुको बससाइ व्यवस्थापनका लागि सामाजिक सेवा केन्द्र सोसेकको आयोजना, ठाटीकाँध गाउँपालिकाको साझेदारीमा सहकार्यपरियोजना मार्फत गाउँपालिका ६ वटै वडाका २० वडा सामुदायिक विद्यालयमा पिफर्म र कार्पेट वितरण गरिएको हो ।

ठाटीकाँध गाउँपालिकाको एक वटा समुदायमा आधारित बाल विकास केन्द्र र २० वटा सामुदायिक विद्यालयको बाल विकास केन्द्र कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र कार्पेट वितरण गरिएको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताए ।

वितरण कार्यक्रममा ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाह, उपाध्यक्ष देविराम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद उपाध्याय, सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा लगाएतको उपस्थितीमा विद्यालयहरुलाई पिफर्म र कार्पेट वितरण गरिएको छ ।

पिफर्म र कार्पेट एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाद्धारा सञ्चालित गुणस्तरिय शिक्षा अभिवृद्धि, स्वास्थ्य र जिविकोपार्जन (सहकार्य) परियोजनाले सहयोग गरेको हो ।

प्रतिक्रिया