किटनाशक विषादी सेवनबाट बालिकाको मृत्यु

किटनाशक विषादी सेवनबाट बालिकाको मृत्यु

सल्यान : सल्यानमा मकैमा प्रयोग हुने किटनाशक विषादी सेवनबाट अन्दाजी ३ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका -९ मेलटाकुरी ३ वर्षीया बालिकाको सोमबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आमाबुवा खेतमा काम गरी रहेको समयमा आफ्नै घरको बरन्डामा खेल्ने क्रममा मकैमा राख्ने विषादी खाएपछि बेहोस भएकी बालिकाको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया