एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले काम अन्तिम चरणमा पुगेको बताउँदै एक साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो ।

‘उत्तरपुस्तिका परीक्षणको काम सकेर इन्ट्री र रुजु गर्ने काम भइरहेको छ,’ परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, ‘सातरआठ दिनमा नतिजा सार्वजनिक गर्छौं ।’

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

प्रतिक्रिया