जबरजस्ती करणी गरी फरार दुई अभियुक्त पक्राउ

जबरजस्ती करणी गरी फरार दुई अभियुक्त पक्राउ

सल्यान : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका १ की १४ वर्षीया बालिकालाई असार २२ गरी जबरजस्ती करणी फरार भएका थिए ।

जबरजस्ती करणी गरी फरार जाजरकोट भेरी नगरपालिका १२ बेलगार निवासी २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेतलाई जाजरकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अभियुक्त दुई जनालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सल्यानबाट म्याद थप गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले बताए । २२ गते राती ठुलीआमाको घरमा सुत्न गएकी बालिकामाथि जबरजस्ती करणी गरेका थिए ।

प्रतिक्रिया