प्राकृतिक विपदबाट बच्न जनसेवा माविद्धारा कृत्रिम अभ्यास

प्राकृतिक विपदबाट बच्न जनसेवा माविद्धारा कृत्रिम अभ्यास

सुर्खेत : जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको जनसेवा माध्यामिक विद्यालयले कृतिम अभ्यास गरेको छ । विद्यालयले प्राकृतिक विपदबाट बच्नका लागि कृत्रिम अभ्यास गरेको हो ।

भिएसओ नेपालको आर्थिक सहयोग तथा नेपाल युवा संस्था सञ्जाल (आयोन) र स्थानीय सरोकार समूह सुर्खेतको साझेदारीमा संञ्चालित प्रयास कार्यक्रम अन्तरर्गत जलवायु अनुकुलन तथा विपद्का कारणको पहिचान स्थानीय स्तरमा न्यूनिकरणका उपायहरु सम्बन्धि कार्यक्रममार्फत तीनवटा विषयमा कृत्रिम अभ्यास गरिएको हो ।

विद्यालय स्तरका बालबालिकाको लागि स्थानीय स्तरमा विद्यमान प्रकोपहरु भूकम्प, बाढी र आगलागीले जतिबेला पनि मानवीय तथा आर्थिक ,वातावरणीय हिसाबले क्षती पु्¥याउन सक्ने र विपद्मा परिणत हुने भएकोले समयमा नै बालबालिका तथा समुदायमा असर पर्ने भएकोले प्रकोपबाट हुने क्षतीलाई न्यून गर्नको लागि यो कृत्रिम अभ्यास गरिएको थियो ।

विद्यालयस्तरका बालबालिकाहरुलाई तीन दिनसम्म अभिमुखिकरण गरी भूकम्प, बाढी ,डुवान र आगलागी सम्बन्धि नमुना अभ्यास गरि अन्तिम दिन आज (आइतबार) विद्यार्थी र समुदायकाबीच उक्त कार्यक्रमसमेत सकिएको छ ।

कृत्रिम अभ्यासमा नेपाल रेडक्रश सोसाइटीका प्रशिक्षक कृष्णबहादुर थापा, केशर गौतम, अमृता सापकोटा, रेशम रेग्मीलगायत उपशाखा लाटिकोहिलीका अन्य सदस्यहरुले सहजीकरण गरेका थिए ।

उक्त कृत्रिम अभ्यासमा प्राथमिक उपचार सम्बन्धी कार्यदल, खोज उद्दार कार्यदल र पूर्व सूचना प्रणाली सम्बन्धी तयार गरिएको स्क्रिप्टमा फरक–फरक भूमिका निर्वाहगरि कृतिम अभ्यास गरिएको थियो ।

यस्तै, कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी चौधरी, वडा नं १० का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर बस्नेत, नेपाल रेडक्रस कर्णाली प्रदेशका सचिव कृष्ण थापा, विद्यापुर शाखाका हिरामणी पौडेल, लाटिकोईली उपशाखाका सभापती रेशम रेग्मी लगायत सम्पुर्ण पदाधिकारीको उपस्थिति रहेको थियो ।

यसैगरी स्थानीय सरोकार समूहका सचिव चन्द्रबहादुर थापा, उपाध्यक्ष दुर्गा गाहको पनि उपस्थिति रहेको थियो

प्रतिक्रिया