कालीकोटमा घर भत्किदा ५ जना घाईते

कालीकोटमा घर भत्किदा ५ जना घाईते

सुर्खेत : कालीकोटमा घर भत्किदा ५ जना घाईते भएका छन् । खाँडाचक्र नगरपालिका १ का लक्ष्मी पाण्डेको घर आज साँझ करिव साढे ५ बजेको समयमा भत्किएको हो ।

पुरानो तथा चर्किएको उक्त घरमा धानको भुस राखिएको थियो, घर भत्किदा भुस निकाल्न गएका ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी सिद्वराज न्यौपाने जानकारी दिए ।

घाईतेलाई सुरक्षाकर्मी र स्थानियको सहयोगमा उद्दार गरिएको छ । घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ । घाईते मध्ये ३ जनालाई अवस्था सामान्य रहेकोले अस्पतालबाट डिस्चार्ज गरिएको र २ जनाको उपचार भईरहेको साथै उनिहरुको अवस्था सामान्य रहेको डिएसपी न्यौपानेको भनाई छ ।

प्रतिक्रिया