अर्थ मन्त्री विष्टको स्वास्थ्यमा समस्या, उपचारको लागि काठमाडौँ रेफर

अर्थ मन्त्री विष्टको स्वास्थ्यमा समस्या, उपचारको लागि काठमाडौँ रेफर

सुर्खेत : कर्णालीका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा समस्या देखिएको छ । रगतमा बोसोमा मात्रा अत्यधिक देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

अत्यधिक पेट दुख्न थालेपछि कर्णाली केयर अस्पतालमा आइतबार बेलुका भर्ना भएका विष्टलाई सोमबार हवाईजहाजमार्फत काठमाडौँ लगिएको हो ।

मन्त्री विष्टको उपचारमा संलग्न डाक्टर उज्ज्वल अर्यालकाअनुसार रगतमा बोसोको मात्रा अत्यधिक देखिनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाडौँ पठाइएको बताए ।

उनले भने, ‘पेट दुखेर अस्पताल आउनु भएको थियो, बेलुका आइसियुमा भर्ना गर्यौँ, स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि सोमबार काठमाडौँ रेफर गरेका हौँ ।’

प्रतिक्रिया