गुरुकुल पाठशालामा दलित विद्यार्थीले पाउँदैनन् संस्कृत पढ्न

गुरुकुल पाठशालामा दलित विद्यार्थीले पाउँदैनन् संस्कृत पढ्न

सुर्खेत : जुम्लाको चन्दननाथ  नपढ्ने गरेको पाइएको छ । चन्दननाथ गुरुकुल पाठशाला स्थापना भएको केही वर्षसम्म दलित विद्यार्थी संस्कृत पढ्न आए पनि अहिले नआएको प्रधानाध्यापक विश्वराज उपाध्यायले बताए ।

चन्दननाथ गुरुकुल पाठशालाको स्थापना २०६९ सालमा भएको उनले बताए । संस्कृत बचाउन ,भाषाको शुद्धता ल्याउने उदेश्यले यो पाठशालाको जन्म भएको हो । चन्दन्नाथ मन्दिर भित्रै सञ्चालन भइरहेको गुरुकुल पाठशालामा अहिले सबै बाहुन, बालबालिका मात्रै अध्ययन गरिरहेका छन् ।

दलितका छोराछोरी पढ्न नआउनुको कारण नै दलितले पढेर काम लाग्दैन भन्ने सोच हुनसक्ने उनले जनाए । पाठशालामा विद्यार्थी भर्ना हुदा समावेशी रूपमा सबैले पढ्न पाउनुपर्छ भन्नेबारे सूचना सम्प्रेषण गर्ने गरेको उनको दाबी छ। दलितलाई संस्कृत पढ्न अङ्कुश नलगाएको बताइएको छ ।

पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले भने (पाठशाला सरकारबाट सञ्चालित शैक्षिक संस्था हो । यसमा जातीय रोक छेक नभएको भन्दै भर्ना गर्दा संस्कृत शिक्षा पनि समावेशी सबैका लागि हो । तर दलित विद्यार्थी पढ्न आउँदैनन् ।

दलितका छोराछोरीले पनि संस्कृत शिक्षा आर्जन गर्न पाउनु पर्छ । शिक्षा आर्जन गर्ने कुनै पनि शैक्षिक संस्थामा जातीय विभेद गर्नु कानुन विपरीत हो । संस्कृत पाठशालामा भर्ना खुलेको प्रचारप्रसार भने स्थानीय रेडियो र पत्रपत्रिकाबाट गर्ने गरेको उनले बताए । दलित विद्यार्थी नआउने भएकै कारण सरकारले दिने छात्रवृत्ति पनि काटेको छ ।

गुरुकुल पाठशालामा १ देखि ४ कक्षा सम्म पढाइ हुन्छ । अहिले १४ छात्रा १८ छात्र विद्यार्थी सबै बाहुनका अध्ययन गरिरहेका छन् । यहाँ दैनिक दुई घण्टा पढाइ हुन्छ । साँझ ४ वजे देखि ६ वजे सम्म पढाइ भइरहेको छ। यो पनि अघिल्ला वर्षहरू भन्दा विद्यार्थीको संख्या ह्वात्तै घटेको प्रधानाध्यापक विश्वराज उपाध्यायले बताए ।

विषयगत शिक्षक नहुन,आवास गृहको व्यवस्था नहुन,पाठ्यपुस्तक समयमै आइ नपुग्दा यो समस्या सृजना भएको छ । अहिले पाठशालामा नेपाली, सिर्जनात्मक, संस्कृत, व्याकरण गरी चार विषयमा अध्यापन भइरहेको छ । पाठशालामा शुद्ध उच्चारण गर्न सिकाउने र वेदका मन्त्र तथा श्लोकहरु कण्ठस्थ गराइन्छ।

प्रतिक्रिया