सल्यानको बनगाड कुपिण्डे पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

सल्यानको बनगाड कुपिण्डे पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

सल्यान :  जिल्लाको बनगाड कुपिण्डे नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । पुर्णखोप, सुरक्षित भविष्य भन्ने नाराका साथ नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

कार्यक्रममा वोल्दै नगर प्रमुखकर्ण बहादुर बुढाथोकीले बाललिकाहरुलाई सम्पुर्ण खोपको पहुँचमा पुर्याइयो भने उनीहरु विभिन्न रोगबाट मुक्त हुनुका साथै उनीहरुमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुने बताए ।

नगरपालिकामा रहेका बालबालिकाहरुलाई विभिन्न खोपको मात्रा पुरा गरी पुर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो ।कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित हुन नदिन स्वास्थ्यकर्मीले आफ्नो दायित्व निभाउनु पर्ने भनाई छ ।

खोप लगाउनबाट कुनै पनि बालबालिका नछुटुन र अभिभावकले पनि आफ्नो दायित्वबाट पछाडि नहटन उनले आग्रह गरे । नगरपालिका पुर्ण खोप सुनिश्चिता घोषणा गरिएको बताउदै यसलाई हरेक वर्ष बालबालिकालाई दिइने खोप बाट बंचित नगर्न त्यसको लागि स्वास्थ्यकर्मीले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने नगर प्रमुख बुढाथोकीको भनाई छ।

पुर्णखोप निरन्तरता घोषणा कार्यक्रममा उपप्रमुख पुरुषोत्तम आचार्यले महिला, पुरुष र बालबालिकाको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्नु पर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति उप प्रमुख, तथा जिल्ला पुर्णखोप समन्वय समितिका अध्यक्ष असबिर बुढाथोकीले पुर्ण खोप सङ्गै नगरपालिका समृद्धि अभियान तिर लाग्न आग्रह गरेका छन् । यसलाई अहोरात्र खटेर काम गर्नु भएकोमा स्वास्थ्य स्वयमसेविका विशेष धन्यवाद दिइएका छन् ।

जनता र जनप्रतिनिधि कर्मचारीको नङ र मासुको सम्बन्ध बनाएर अगाडि बढेमा नगरपालिकाको विकास अगाडि बढ्ने यसले जिल्ला समृद्धि हुने खोप सङ्गै अन्य क्षेत्रमा पनि सहज हुने बताए ।

प्रत्येक स्वास्थ्य संस्थामा रहेका खोप समन्वय समितिले पालिकाभरीका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । मानिसको जीवनसँग जोडिएको हुनाले मानव स्वास्थ्यको प्रमुख आधार खोप भएको बताए । एक बालकलाई पूर्णखोप लगाउँदा राज्यले २५र३० हजारका दरले ठूलो रकम खर्च गर्ने भएकोले यसलाई सामान्य रूपमा लिन नहुने उनको भनाई छ ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा नगरपालिकाका सरोकारवाला निकाय, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नेपालमा शिशु जन्मने बित्तिकै बिसिजी लगाईन्छ भने १५ महिनाभित्र १३ प्रकारका रोगविरूद्ध खोप सञ्चालन गरिदै आएको छ ।

बनगाड कुपिण्डे नगरपालिका १२ वटै वडाका १६ महिना देखि २३ महिनाका बालबालिका ५ सय ८४ जना बालबालिका रहेका थिए । नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया