गरीब, टुहुरा बालबालिका तथा अपाङ्गलाई खाद्यन्न र लत्ताकपडा सहयोग

गरीब, टुहुरा बालबालिका तथा अपाङ्गलाई खाद्यन्न र लत्ताकपडा सहयोग

सुर्खेत : जे आर कप्युटर नेपालगन्जको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक)को समन्वयमा गरीब तथा टुहुरा बालबालिकालाई खाद्यन्न वितरण गरिएको छ । दैलेखको महाबु गाउँपालिका २ का गरीब तथा टुहुरा बालबालिकालाई सहयोग गरिएको हो ।

महाबु गाउँपालिका २ घर भएका नितेस नेपाली, र निराजन नेपाली आमाको मृत्यु र बुबा बेपत्ता भएपछि मामाघरको बज्यैको सहारामा छन् ।

त्यस्तै नौमुले गाउँपालिका वडा न . ४ कालिका को चेप्टे टिमुरेमा जन्मजात अपांग भएर जन्मेका इन्द्रबहादुर सुतप्राइलाई लुगा कपडा सहयोग गरिएको छ ।

जे आर कप्यटर नेपालगन्जका प्रोप्राइटर गोविन्द गुप्ता कौशलको सहयोगमा र सोसेकको समन्वयमा लुगा कपडा र खाद्यन्न पाउन खुशि हुँदै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया