चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

सिन्धुपाल्चोक :  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ ।

अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि आज सोमवार दिउँसो त्यही कार्यालयमा यसअघि एम्बुलेन्स चलाउने चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुन्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

कुटपिट गर्ने व्यक्ति फरार रहेका इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाईंले जानकारी दिए । गाउँपालिकाले करार सेवामा रहेका हातपात गर्ने कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको थियो ।

प्रतिक्रिया