पछिल्लो २४ घण्टामा थप ३ सय ५७ मा कोरोनाको संक्रमण

पछिल्लो २४ घण्टामा थप ३ सय ५७ मा कोरोनाको संक्रमण

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५७ मा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । सो अवधिमा ६२ जना निको समेत भएका छन् ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

 

प्रतिक्रिया