बढ्दो महिला हिंसा न्युनिकरण गर्न दैलेखमा जनचेतना मुलक कार्यक्रम

बढ्दो महिला हिंसा न्युनिकरण गर्न दैलेखमा जनचेतना मुलक कार्यक्रम

सुर्खेत :  बढ्दो महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले दैलेखमा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा कार्यालय मातहत प्रहरी चौकी चुप्राले डुङ्गेश्वर गाँउपालिका वडा नं २ स्थित लाकुरीमा महिला हिंसा न्युनिकरण सम्बन्धि कार्यक्रम गरिएको हो ।

समुदाय स्तरमा बढ्दो महिला हिंसालाई न्युनिकरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए ।

स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, लगायतको उपस्थितिमा समुदाय( प्रहरी साझेदारी अन्तर्गत सचेतना मुलक कार्यक्रम गरिएको शाहको भनाई छ ।

प्रतिक्रिया