देशभर एकैदिन थपिए ३९१ जना कोरोना सङ्क्रमित

देशभर एकैदिन थपिए ३९१ जना कोरोना सङ्क्रमित

काठमाडौं :  एकैदिन देशभर ३९१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, तीन हजार ९८१ स्वाब परीक्षण गर्दा ३९१ जनमा कोरोना पुष्टि भएको हो।

दुई हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ३४० जनामा र एक हजार ४१९ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको हो।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ पुगेको छ । आज कोरोनाबाट ४६ जना निको भएका छन् ।

 

प्रतिक्रिया