सल्यानमा प्राकृतिक विपद्बाट एक वर्षमा आठ जनाको मृत्यु, एक करोड बढी क्षति

सल्यानमा प्राकृतिक विपद्बाट एक वर्षमा आठ जनाको मृत्यु, एक करोड बढी क्षति

सल्यान : सल्यानमा गत आर्थिक वर्ष २०७८/०७९ मा प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङ्गबाट आठ जनाको मृत्यु भएको हो । विपद्बाट एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ ।

चालु आर्थिक बर्षको श्राउन देखि असार महिनासम्म आगलागी, बाढी पहिरो, चटयाङ, हावाहुरी र अविरल बर्षा लगायतका विपद्का घटनाबाट १ करोड १६ लाख ५९ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार आगलागीबाट १, बाढी पहिरोबाट ६ र चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ ।  आगलागीबाट १३ घरमा क्षति पुगेको छ । आगलागीबाट २४ वटा बाख्रा ३ सय कुखरामा क्षति पुगेको छ । यस्तै २१ महिला, १९ पुरुष र २८ जना बालबालिका प्रभाबित भएका छन । आगलागी बाट ५७ लाख बराबरको क्षति भएको छ ।

बाढी पहिरोबाट ६ जनाको मृत्यु, १ घाइते भएको प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताए। उनका अनुसार २ घरका ३ महिला, ४ पुरुष र ६ बालबालिका प्रभाबित भएका छन भने १२ लाख बराबरको क्षति भएको छ ।

यस्तै चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । जसबाट १ घरका ५ महिला, ५ पुरुष र ११ बालबालिका प्रभावित भएका छन । ७ वटा पशुपंक्षिको मृतु भएको छ । जस बाट २० लाख बराबरको क्षति भएको बताए ।

यस्तै हावाहुरी बाट ३ वटा घर, ९ वटा बिद्यालयमा गरी १७ लाख ८३ हजार बराबरको क्षति भएकोे छ । हावाहुरीबाट १७ लाख ८३ हजार बराबरको क्षति भएको छ भने अबिरल वर्षाबाट करिब ९७ लाख ६० हजार बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया