दैलेख प्रहरीले ग¥यो बिषालु च्याउ सम्बन्धी जनचेतनामुलक कार्यक्रम

दैलेख : प्रहरीले बिषालु च्याउ सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा मातहतको ईलाका प्रहरी कार्यालय नौमुलेले नौमुले गाँउपालिका–१, प्रहरी चौकी भैरवीले भैरवी गाँउपालिका –४, प्रहरी चौकी डुङ्गेश्वर बजारले डुङ्गेश्वर–४ र अस्थाई प्रहरी पोष्ट भैसीखोरले नारायण नगरपालिका –४ मा बिषालु च्याउ सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको हो । स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, लगायतको उपस्थितिमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
अबैध गाँजा फडानी
प्रहरीले अबैध गाँजा फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा मातहतको प्रहरी चौकी चुप्राले डुङ्गेश्वर गाउँपालिका– १ र प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरले डुङ्गेश्वर गाँउपालिका –६ स्थित दैलेख –सुर्खेत सडक खण्ड नजिक दुवै तर्फको क्षेत्रमा उम्रेका गाँजाका बोटहरु फडानी गरेको हो । समुदाय प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत स्थानियहरुको सहभागितामा गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया