प्रहरीद्वारा तीन सय गाँजाका बोट नष्ट

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले गाँजाका बोट नष्ट गरेको छ । मातहतको अस्थायी प्रहरी पोस्ट भैसीखोरले नारायण नगरपालिका–५ स्थित डाँडेबारी क्षेत्रमा रहेका गाँजाका बोट नष्ट गरेको हो । प्रहरीका अनुसार झण्डै तीन सय बोट गाँजाको बोट नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत स्थानीय बासिन्दाहरुको समेत सहभागितामा गाँजाको बोट नष्ट गरिएको हो ।
प्रतिक्रिया