सर्पको टोकाइबाट सल्यानमा एक बालकको मृत्यु

सर्पको टोकाइबाट सल्यानमा एक बालकको मृत्यु

सल्यान : सर्पको टोकाइबाट यहाँका एक बालकको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-९ भंगेरी घर भई शारदा नगरपालिका-६ बरला बस्दै आएका १३ वर्षीय किशोर अर्जुन बस्नेतको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

बस्नेतलाई बुधबार राति १० बजे सर्पले टोकेको थियो । आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसङ्गै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरी बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा करिब ५:३० बजेतिर मृत्यु भएको जिल्ला अस्पताल खलंगामा कार्यरत हवल्दार लक्षीराम बिकले बताए ।

प्रतिक्रिया