एसईई उतिर्ण गरेका ५२ जनालाई दुल्लु नगरपालिकाले निशुल्क पढाउने

एसईई उतिर्ण गरेका ५२ जनालाई दुल्लु नगरपालिकाले निशुल्क पढाउने

सुर्खेत : माध्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरेका ५२ जना बिद्यार्थीलाई दैलेखको  दुल्लु नगरपालिकाले निस्शुल्क पढाउने भएको छ । नगरपालिकाले प्रत्येक वडाबाट ४ जना गरि १३ वडाबाट ५२ जनालाई निस्शुल्क पढाउने भएको हो ।

गरिब तथा जेहेन्दार छात्रवृत्तिको लागि परिक्षा लगेर छनोट भएका बिद्यार्थीहरुलाई नगरप्रमुख छात्रवृत्ति कोषबाट पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लुमा बन बिज्ञान, पशु बिज्ञान, सिभिल ओभरसियर, कम्प्युटर बिज्ञान पढाईने नगरप्रमुख भरत रिजालले बताए । अहिले नगरपालिकाले सुचना निकाली सबै बिद्यालयलाई पत्राचार गरेकोे र ईच्छुक बिद्यार्थीहरुले बिद्यालयमा गएर पनि बुझ्न सक्ने नगरप्रमुख रिजालको भनाई छ ।

दुल्लु नगरपालिकाले नगरप्रमुख छात्रवृत्ति कोषबाट बिधार्थिलाई पढाउने आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि समाबेश गरेको थियो ।

प्रतिक्रिया