पछिल्लो २४ घण्टामा देशभर थपिए ४ सय ३८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थपिए ४ सय ३८ जना कोरोना संक्रमित

काठमाडौं :  देशभर पछिल्लो २४ घण्टामा ४ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

१७ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९२ र १९ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये ४ जना भेन्टिलेटर र ३३ जनाको आइसियुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया