उत्तरपुस्तिकामा मोबाइल नम्बर राखेर फोन गर्न अनुरोध गर्ने रेउलेको परीक्षा रद्द

उत्तरपुस्तिकामा मोबाइल नम्बर राखेर फोन गर्न अनुरोध गर्ने रेउलेको परीक्षा रद्द

सुर्खेत:  प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले नविन कुमार रेउलेको परीक्षा रद्द गरेको छ। प्रदेश लोकसेवाको विज्ञापन नंं ५८४–५८८/०७८–७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह अर्न्तगत सहायकस्तर चौथो तह, अहेव पदको परीक्षा दिएका रेउलेको लिखित परीक्षा रद्द गरिएको हो।

रेउले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ सल्यानका हिराराम रौलेका छोरा हुन्। उनले वस्तुगत र विषयत उत्तरपुस्तिकाको उत्तरखण्डमा आफ्नो मोबाइल नम्बर लेखी फोन गर्न अनुरोध गरेको भेटिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ।

आयोगका अनुसार रेउलेलाई प्रदेश लोकसेवा अयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसूर गरेको भन्दै लिखित परीक्षा रद्द गरी आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्ति सम्बन्धि सबै विज्ञापनहरुमा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको छ।

प्रतिक्रिया