अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवन :  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक-पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ । बर्खाको समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया