हिजो बिहानदेखि बन्द रहेको सुर्खेत–जुम्ला सडक खण्ड खुल्यो

हिजो बिहानदेखि बन्द रहेको सुर्खेत–जुम्ला सडक खण्ड खुल्यो

कालीकोट : सुर्खेत–जुम्ला सडक खण्ड खुलेको छ । कालीकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि हिजो बिहानदेखि बन्द सडक खण्ड अघि बिहानदेखि खुलेको हो ।

सडक छेउबाट सहायक बाटो बनाइ सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

सडक खुलेपछि नेपालगञ्ज र सुर्खेतबाट कालीकोट, जुम्ला र मुगुका लागि छुटेका गाडी गन्तव्यतर्फ लागेका छन् । यस्तै, देशभरका १ सय २० सडकमध्ये दुई वटा बन्द छन् । बाढी पहिरोका कारण साँफेबगर–मार्तडी–कोल्टी र कोइलाबास लमही सडक बन्द भएको छ ।

अरु १४ वटा एकतर्फी छन् भने १ सय ४ वटा सडक दुईतर्फी नै खुलेका सडक विभागले जनाएको छ।

प्रतिक्रिया