युएईको लिगका लागि सन्दीप लामिछाने मार्की प्लेयर

युएईको लिगका लागि सन्दीप लामिछाने मार्की प्लेयर

काठमाडौँ :  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई युएईमा आयोजना हुने इन्टरनेसनल लिग (टी-ट्वान्टी) का लागि अनुबन्ध गरिएको छ ।

युएईको फ्रेन्चाईज क्रिकेटका लागि लेग स्पिनर लामिछानेलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिएको युएईको क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करणका लागि लामिछानेसहित २० खेलाडीलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिएको हो ।

जनवरी ६ देखि फेब्रुवरी १२ तारिखसम्म दुबई, अबुधावी र शारजाहमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा कूल ३४ खेल हुनेछन् ।

सहभागी टिमले १८ खेलाडी राख्न पाउने भएका छन् । उनीहरूले १२ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । यसमध्ये युएईका ४ तथा एसोसिएट राष्ट्रका २ खेलाडी राख्नुपर्नेछ ।

इंग्ल्यान्ड, वेस्ट इन्डिज, अष्ट्रेलिया, दक्षिण अफ्रीका, न्यूजिल्यान्ड, श्रीलंका, अफगानिस्तान, जिम्वाब्वे, आयरल्यान्ड, अमेरिका, नामिविया, नेदरल्यान्ड्स तथा नेपालजस्ता देशका खेलाडीहरूको सहभागिता हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया