२५ दिनमा कर्णाली प्रदेशभर ३१ वटा विपद्का घटना

२५ दिनमा कर्णाली प्रदेशभर ३१ वटा विपद्का घटना

फाइल तस्विर

दैलेख : पछिल्लो २५ दिनजमा कर्णाली प्रदेशका विभिन्न स्थानमा ३१ वटा विपद्का घटना भएका छन् । प्राप्त विवरण अनुसार दैलेखमा १०, जाजरकोटमा ५, रुकुम पश्चिममा ३, सल्यानमा २, कालिकोटमा ४, जुम्लामा ५ तथा मुगु र डोल्पामा एक/एक वटा विपद्का घटना भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यी घटनाबाट २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिकोट र मुगुमा एक/एक जना छन् । प्रदेश प्रहरीको तथ्यांक अनुसार विपद्का घटनाबाट १० वटा घरमा क्षती पुगेको छ । विपद्का घटनाबाट १८ जना घाइते छन् भने ३ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विपद्का घटनाबाट २ जा विस्थापित छन् भने ७ वटा पशु चौपायालाई क्षती पुगेको छ । विपद्का घटनाबाट एक लाख बराबरको धनजनको क्षती पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया